Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सन्दीपले टि-ट्वान्टी विश्वकपको अन्तिम दुई खेल खेल्ने

२८ सोमबार , जेठ २०८१४ महिना अगाडि

सन्दीपले टि-ट्वान्टी विश्वकपको अन्तिम दुई खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि-ट्वान्टी विश्वकपको अन्तिम दुई खेल खेल्ने भएका छन् । सन्दीपले वेस्ट इन्डिजमा खेल्ने हुने अन्तिम दुई खेल खेल्ने भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विज्ञप्ति जारी गर्दै सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने अन्तिम दुई खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको हो । यसअघि नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ भिसा दिन अस्वीकार गरेपछि सन्दीपले विश्वकप खेल्ने सम्भावना खेल्ने सम्भावना देखिएको थिएन । अब भने सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन्

क्यानले आइतबार निकालेको विज्ञप्तिमा सन्दीप गत मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थित रहने जानकारी गराउन चाहन्छौँ ।’