Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फर्मासिष्टको परीक्षामा ११ प्रतिशत मात्र पास

२७ आइतबार , जेठ २०८१४ महिना अगाडि

फर्मासिष्टको परीक्षामा ११ प्रतिशत मात्र पास

नेपाल फार्मेसी परिषद्ले नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । हिजो सञ्चालन भएको २५ औं लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

नतिजाअनुसार परीक्षामा ११.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा आठ सय ८५ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १ सय ४ मात्र पास भएको परिषद्ले जनाएको छ । बाँकी ७ सय ८१ जना अनुत्तीर्ण भएका छन् ।

परिषद्का अनुसार परीक्षाका निम्ति सबैभन्दा धेरै आवेदन भारतीय विश्वविद्यालयबाट ५८.४३ प्रतिशत परेको थियो । सबैभन्दा कम बंगलादेशबाट ०.३२ प्रतिशत परेको हो ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयबाट २४.१५ प्रतिशत, पोखरा विश्वविद्यालयबाट १०.९९ प्रतिशत, काठमाडौं विश्वविद्यालयबाट १.५२ प्रतिशत र त्रिभुवन विश्वविद्यालयबाट ४.२५ प्रतिशत आवेदन परेको थियो ।