Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्यार्थीले मोरङमा सरकारी गाडी जलाए

२७ आइतबार , जेठ २०८१४ महिना अगाडि

विद्यार्थीले मोरङमा सरकारी गाडी जलाए

विद्यार्थीले मोरङमा सरकारी गाडी जलाएका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीले आज बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडी सडकमा गुडिरहेको बेला ढुंगामुडा गर्दै विद्यार्थीले आगो लगाएका हुन् । विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेको र आगजनी भएको गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको छ ।

केही दिनअघि विद्यार्थीको समूहले रंगली नगरपालिका भित्र पसेर नगर प्रहरीमाथि आक्रमण गर्दा ६ जनालाई पक्राउ गरेको थियो । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि समेत आक्रमण गरेको बताईएको छ ।