Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मृगौला पिडित रत्नमायालाई साउदी मन्चको आर्थिक सहयोग

२७ आइतबार , जेठ २०८१२ बर्ष अगाडि

मृगौला पिडित रत्नमायालाई साउदी मन्चको आर्थिक सहयोग

-युबराज कार्की (शेखर)

नेपाली जनप्रगतीशिल मन्च, क्षेत्रीय समिति हायल साउदी अरबले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका-११ ज्यामजिम निवासी रत्नमाया पुलामी मगरलाई आर्थिक सहयोग गरेको हो ।

दुबै मृगौलाले काम नगरेपछि त्रि.वि शिक्षण अस्पतालमा उपचार गराई रहेकी रत्नमायाको घरको आर्थिक अवस्था कमजोर भएकाले मन्चको क्षेत्रीय समिति हायल साउदी अरबले दिपेन्द्रबहादुर खत्रीको नेतृत्वमा आर्थिक संकलन शुरु गरेर नेपाली ५९ हजार ९ सय १४ रुपैया सहयोग गरेको छ ।

मन्चको क्षेत्रीय समितिले शुरु गरेको आर्थिक संकलन अभियानमा मन्चको क्षेत्रीय अध्यक्ष बल्देव मश्राङ्गी मगर, केन्द्रीय सदस्य नितेश कुँवर राणा लगायतको सक्रिय सहभागिता रहेको थियो । उनीहरुको पहलमा संकलित रकम मृगौला पिडित रत्नमायाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ३५८०७०१०००१६२९ मा जम्मा गरिएको र पिडितको आर्थिक अवस्था कमजोर भएकाले अन्य मनकारी सहयोगीहरुलाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।