Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शान्तिसेनाबाट आउँदा श्रीमती परपुरुषसँग देखेपछि हत्या

२५ शुक्रबार , जेठ २०८१४ महिना अगाडि

शान्तिसेनाबाट आउँदा श्रीमती परपुरुषसँग देखेपछि हत्या

दाङमा नेपाली सेनाका अमल्दारले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बाराको ज्वालदल गणमा कार्यरत ३६ वर्षीय सालिकराम बुढाथोकी आफ्नी श्रीमती ३१ वर्षीय टिका रावतको हत्या गरेका हुन् ।

सल्यानको कपुरकोट गाउँपालिका–६, स्थायी ठेगाना  बुढाथोकीले श्रीमती टिका रावतको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई  छ । तुलसीपुर उपमहानगरपालिका–६, राप्ती टोलमा डेरा गरी बस्दै आएका अमल्दार बुढाथोकी हालसालै शान्तिसेनामा गएर फर्किएका हुन्  ।

प्रहरीका अनुसार आज बिहान घर पुगेका बुढाथोकीले श्रीमती टिकालाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले दुवैलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिकालाई उपचारार्थ राप्ती प्रादेशिक अस्पताल लगिएकोमा लगत्तै चिकित्सकले मृत घोषणा गरेको थिए ।

त्यस्तै, सालिकरामले श्रीमतीका साथमा फेला पारेका २९ वर्षीय आर्यन थापालाई पनि खुकुरी प्रहार गरेको र  गम्भीर घाइते भएका उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अछामको कमलबजार नगरपालिका–४, घर भएका थापा पनि नेपाली सेनामै कार्यरत रहेको बताइएको छ । उनी तुलसीपुर उपमहानगर–६, राप्ती टोलमा बस्दै आएको र अहिले घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।