Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वाग्मती प्रदेश सरकारको बजेट ल्याउने तयारी

२५ शुक्रबार , जेठ २०८१४ महिना अगाडि

वाग्मती प्रदेश सरकारको बजेट ल्याउने तयारी

आगामी आर्थिक वर्षका लागि वाग्मती प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ६० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो ।  

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भईसकेकाले प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको बताईएको छ ।

प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको र आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताएका छन् ।

मन्त्री थपलियाकाअनुसार आगामी बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने छ । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिने उनको भनाई छ ।

यसअघि वाग्मती प्रदेश सरकारले चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रहेको छ ।