Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि चन्द्रागिरि-चित्लाङ सडकखण्ड एक महिना बन्द

२५ शुक्रबार , जेठ २०८१४ महिना अगाडि

आजदेखि चन्द्रागिरि-चित्लाङ सडकखण्ड एक महिना बन्द

आजदेखि थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकखण्ड स्तरोन्नतिका आजदेखि एक महिनाको लागि बन्द हुने भएको हो ।

उक्त सडकको मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्ने लगायतको मर्मत आजदेखि सुरु हुने र असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द उने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उक्त सडकखण्डको ग्रेड उच्च रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ गर्ने, उकालो कम गर्ने लगायत काम गरिने इन्जिनियर रामकुमार श्रेष्ठले बताएका छन् । 

सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको उनको भनाई रहेको छ । थानकोट चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो ।

चन्द्रागिरि-चित्लाङ सडकखण्ड मर्मत गर्न ३ करोड ९३ लाखको ठेक्का लागेको छ । उक्त सडक मर्मतका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरिने छ । 

उक्त सडकको विकल्पमा फाखेल-सिस्नेरी- कान्तिराजपथ-त्रिभुवन राजपथ प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले आग्रह गरेकी छन् ।