Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रहरीको २२९ जना बरिष्ठ हवल्दारमा बढुवा

२५ शुक्रबार , जेठ २०८१४ महिना अगाडि

प्रहरीको २२९ जना बरिष्ठ हवल्दारमा बढुवा

नेपाल प्रहरीको २ सय २९ जना प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस तथा पदस्थापन भएको छ । प्रहरीको मानव स्रोत विकास विभागले उनीहरुको बढुवा तथा पदस्थापन गरेको हो ।

स्रोत विकास विभागको बिहीबारको निर्णयअनुसार प्रहरीको २ सय २९ जना प्रहरी बरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको बताईएको छ । सूचनाअनुसार पदस्थापन भएका वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने ब्यबस्थापन गरिएको  प्रहरी हेडक्वार्टरको जनाएको छ ।

प्रहरी हेडक्वार्टरको सुचनाअनुसार नेपाल प्रहरीको प्रहरी बरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापन भएकाहरुलाई दर्ज्यानी चिन्हद्धारा सु-शोभन गराउन सम्बन्धित कार्यालायलाई अनुरोध समेत गरिएको छ ।