Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहानस्थल बन्ने

२५ शुक्रबार , जेठ २०८१४ महिना अगाडि

मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहानस्थल बन्ने

लामो समयको प्रतिक्षा पछी काठमाडौँमा पुगेको मेलम्ची खाने पानीको सरकारले नयाँ मुहानस्थल (हेडवर्क्स) बनाउने भएको छ । मेलम्चीको मुहानभन्दा माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ संरचना निर्माण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

हिँजो बसेको मन्त्रिपरिषद् बैठकले अहिले अम्बाथानमा रहेको हेडवर्क्सको विकल्पका रूपमा उपयुक्त स्थानमा नयाँ हेडवर्क्स बनाउन खानेपानी मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति समेत दिएको छ  ।

यसअघि २०७८ असार १ गते आएको भीषण बाढीले मेलम्ची खानेपानीको तयार भएको हेडवर्क्स पुरेको थियो । त्यसपछि आयोजनाले वर्षाभरि सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलेर सोझै खोलाबाट पानी हालेर काठमाडौँ ल्याउने गर्दै आएको  छ । अब नयाँ हेडवर्क्स बनेपछि भने काठमाडौँमा पानी ल्याउन सहज हुनेछ ।

त्यस्तै मन्त्रिपरिषद्को निर्णयअनुसार भारत र अमेरिकासहित सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । जसमा भारत,अमेरिका,बेलायत,कतार,साउदी अरेबिया,दक्षिण कोरिया,मलेसिया,स्पेन,पोर्चुगल,डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।