Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सीजी टेलिकमको लाइसेन्स खारेज

२४ बिहिबार , जेठ २०८१५ महिना अगाडि

सीजी टेलिकमको लाइसेन्स खारेज

चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वत: लाइसेन्स खारेज भएको हो ।  

यसअघि सिजी कम्युनिकेशनले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स प्राप्त गरेको थियो । तर, तोकिएको समयसिमा अवधिमा सिजीले निवेदन निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वत: खारेज भएको हो ।

प्राधिकरणले २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको सार्वजनिक जानकारी गराएको छ । तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको तर, पूर्वाधार नै निर्माण नगरेको र नवीकरणको निवेदन पनि नदिएकाले २० वर्षपछि स्वत: लाइसेन्स खारेज भएको बताईएको छ ।