Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

२४ बिहिबार , जेठ २०८१५ महिना अगाडि

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख ४४ हजार हुँदै नयाँ रेकर्ड कायम गरेको हो ।

जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज बजारमा छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने प्रतितोला २५ रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

नेपालमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा गर्ने गरिएको र अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३ सय ६८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ । त्यस्तै प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।