Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निजी विद्यालयलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिन निर्देशन

२४ बिहिबार , जेठ २०८१५ महिना अगाडि

निजी विद्यालयलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिन निर्देशन

निजी विद्यालयहरूलाई काठमाडौँ महानगरपालिकाले कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति दिन निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कम्तीमा १० प्रतिशत छात्रवृत्ति अनिवार्यरुपमा उपलब्ध गराउन निर्देशन दिएको हो ।  

महानगरको शिक्षा विभागको सूचनाअनुसार महानगरपालिका क्षेत्रमा सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरूमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ । व्यवस्था कार्यान्वयन गराउन महानगरले पटक पटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४ सय ७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलब्ध गराएको बताएको छ ।

त्यसरी महानगरलाई विवरण उपलब्ध गराउने विद्यालयहरूको विवरण पनि महानगरले सार्वजनिक गरेको छ । महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने निजी विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने सुचनामा उल्लेख गरिएको छ ।