Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अवैध रकम सहित ४ जना चिनियाँ नागरिक पक्राउ

२४ बिहिबार , जेठ २०८१५ महिना अगाडि

अवैध रकम सहित ४ जना चिनियाँ नागरिक पक्राउ

काभ्रेपलान्चोक जिल्लाबाट भक्तपुर तर्फ आउदै गरेका ४ जना चिनियाँ नागरिक स्रोत नखुलेको ६९ लाख भन्दा बढी नगद सहित पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुरको भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकैबाट पक्राउ गरिएको हो ।

स्रोत नखुलेको अवैध रकम बोकेका ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेको बताईएको छ ।

बुधबार काभ्रेको साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनीहरूलाई पक्राउ पछी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाइएको छ  ।