Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिहानै जाजरकोटमा भूकम्पको धक्का

२४ बिहिबार , जेठ २०८१५ महिना अगाडि

बिहानै जाजरकोटमा भूकम्पको धक्का

आज बिहान ७ बजेर ३८ मिनेटमा जाजरकोटमा भूकम्प गएको छ । बिहान भएको उक्त भूकम्प ३.८ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै गत कात्तिकमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा त्यस ठाउमा ठूलो मानवीय क्षति भएको थियो । आज पनि जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि जेठ २२ गते दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त स्थानमा जेठ २२ गते बिहान १०:३० बजे भूकम्प गएको थियो ।