Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वातावरण तथा पर्यावरण जोगाउनु नागरिकको समेत दायित्व हो : प्रदेशमन्त्री पोखरेल

२३ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

वातावरण तथा पर्यावरण जोगाउनु नागरिकको समेत दायित्व हो : प्रदेशमन्त्री पोखरेल

बाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री केशव पोखरेलले वातावरण तथा पर्यावरण जोगाउनु नागरिकको समेत दायित्व भएको बताउनुभएको छ ।

 विश्व वातावरण दिवसको अवसरमा फोहोरमैला सङ्कलन तथा व्यवस्थापनका क्षेत्रमा क्रियाशील निजी कम्पनीहरूको छाता संगठन फोहोरमैला व्यवपस्थापन संघ नेपाल (स्वामान्)ले ललितपुरमा गरेको वृहत प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वको वातावरण जटिल अवस्थामा पुग्ने खतरा बढेकाले यसको संरक्षणमा नागरिकले उल्लेख्य भूमिका खेल्न सक्ने बताउनुभयो । वातावरणको संरक्षणमा निजी क्षेत्र तथा नागरिकस्तरबाट भएगरेका कार्यक्रम सह्रानीय रहेको उहाँको भनाइ थियो ।

प्रभातफेरी कार्यक्रम ललितपुरको जाउलाखेल– पुल्चोक– मंगलबजार–इटीटोल– कुमारीपाटी हुँदै जावलाखेलमा पुनः पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुर का प्रमख तुलसीबहादुर श्रेष्ठ, प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहाल, पूर्व वातावरणमन्त्री ई.गणेश शाह, ललितपुर महानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष सन्तोष खड्का र क्विानिज क्लब गर्भनर तिर्थराज सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वातावरण विज्ञ तथा सरसफाई अभियानका अभियन्ताहरू, उपत्यकामा कार्यरत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील विभिन्न संघसंगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । प्रभातफेरि पश्चात् स्वामान्ले फोहोरमैला क्षेत्रमा उल्लेख्य कार्य गर्नुहुने मानध्वज मोक्तान, अञ्जु शाह सिंह, बासुदेव उप्रेती, गोपाल बस्नेत, जर्नादनकृष्ण श्रेष्ठ, माधवप्रसाद घिमिरेलाई सम्मान गरेको थियो । कार्यक्रम स्वामानका अध्यक्ष धनप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।