Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कोटेश्वरमा भिषण आगलागी

२३ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

कोटेश्वरमा भिषण आगलागी

काठमाडौँको कोटेश्वरस्थित तिनकुने नजिकै एक किराना स्टोरमा भिषण आगलागी भएको छ । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको हो ।

तीनकुनेस्थित मदन भण्डारी पार्क छेउमा रहेको खाद्यान्नलगायत किरानाका सामग्रीको स्टोरमा आगो लागेको हो । उक्त आगलागीमा परि स्टोरमा काम गर्ने २ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो निभाउने प्रयास भएपनि हालसम्म आगो नियन्त्रणमा नआएको प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

आगलागीको कारण खुलिनसकेको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको बताईएको छ । अहिले तीनवटा दमकलले लगातार रूपमा आगो निभाउने प्रयास गरिरहेको छ ।