Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग आवेदन माग

२३ बुधबार , जेठ २०८१५ महिना अगाडि

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग आवेदन माग

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग निवेदन माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक सूचना निकालेर एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग निवेदन माग गरिएको हो ।

बोर्डकाअनुसार आगामी असार ५ गतेभित्र निवेदन पेश गर्नुपर्नेे छ । एसएमएस, आईभीआर (टेलिफोन) र वेबसाइट माध्यममध्ये आफुले जानकारी दिन चाहेको सेवाको विवरणसहित आवेदन दिनुपर्ने जनाइएको छ ।

एसएमएसबाट एसईईको नतिजाबारे जानकारी दिनका लागि ४० हजार, वेबसाइटबाट प्रकाशनका निम्ति २० हजार, एसएमएस र वेबसाइट दुवैका लागि ६० हजार र एसएमएस, आईभीआर र वेबसाइट सेवाका लागि १ लाख रुपैयाँ राजस्व बुझाउनुपर्ने छ ।

सूचनामा सेवाप्रदायक संस्थालाई मात्र वेबसाइटमार्फत सेवा प्रदान गर्न अनुमति दिइने पनि उल्लेख छ । त्यस्तै, विगतमा यस्तो सेवा उपलब्ध गराउन नतिजासम्बन्धी विवरण प्राप्त गरेका संस्थाहरुले सेवाप्रदायक संस्थाबाट विवरण प्रमाणित गराई राजस्व रकम जम्मा गर्न बाँकी भएमा सो बुझाएपछि मात्र निवेदन दिन पाउनेछन् ।