Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जलजलाको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण

२३ बुधबार , जेठ २०८१५ महिना अगाडि

जलजलाको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी र पर्वत जोड्ने जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको हो ।

जलजलाको घोप्टेखोलामा पुल निर्माण भएपछि स्थानीयवासी र पर्यटक लाभान्वित भएको बताईएको छ । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित पुल ५० मिटर लामो रहेको छ ।

पुल उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनकाअनुसार ४७ लाख ५० हजार ४ सय ९६ रुपैयाँको लागतमा पुल निर्माण भएको हो । उक्त पुल निर्माणका लागि स्थानीयवासीले रु एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेको बताईएको छ ।  

पुल निर्माण पछि बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका छन् । बाँसखर्क डाँडाकेटेरी हुँदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले पुल बनेपछि घुमाउरो बाटो हिँड्न नपर्ने र समय अवधि पनि कम लाग्ने स्थानीयको भनाई रहेको छ ।