Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सीटीईभिटीका कर्मचारीले रिले अनसन सुरु गरे

२२ मंगलबार , जेठ २०८१५ महिना अगाडि

सीटीईभिटीका कर्मचारीले रिले अनसन सुरु गरे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का कर्मचारीहरूले पदपूर्तिको माग गर्दै कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पदपूर्तिका लागि परिषद्ले पटक-पटक सम्झौता गरे पनि लागू नगरेपछि रिले अनसन शुरु गरेका हुन् ।  

उनीहरुले आइतबारदेखि रिले अनसन शुरु गरेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले जनाएको छ । विगत पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषद्ले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदन अनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० सालदेखि आन्दोलनरत रहेको सङ्गठनको भनाई रहेको छ ।

रिले अनसन शुरु गरेका उनीहरुले प्रशासनले आफू अनुकुलका मान्छेहरूको बढुवा सुनिश्चित नभएको कारण पदपूर्ति नगरेको आरोप लगाएका छन् ।