Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल एयरलाइन्सका दुई पाइलट कारवाहीमा

२२ मंगलबार , जेठ २०८१५ महिना अगाडि

नेपाल एयरलाइन्सका दुई पाइलट कारवाहीमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुईजना पाइलटलाई कारवाही गरेको छ । पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाईएको हो ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी दिएको छ । नेपाल एयरलाइन्सका अनुसार दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन दिइएको बताईएको छ ।

उनीहरुले विमानस्थलको संवेदनशील क्षेत्रमा फोटो/भिडियो खिचेर नियम उल्लंघन गरेकोले कारबाही गरिएको बताईएको छ । पाइलट भावना पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने विजय लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ उडाउने क्याप्टेन हुन् ।