Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

जनप्रगतिशिल मन्च क्रोसियाको अध्यक्षमा लबसङ्ग लामा

२२ मंगलबार , जेठ २०८१२ बर्ष अगाडि

जनप्रगतिशिल मन्च क्रोसियाको अध्यक्षमा लबसङ्ग लामा

नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मन्च क्रोसियाको प्रथम भेलाले लबसङ्ग लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कमिटी निर्माण गरेको छ । जुन २ तारिकका दिन युरोपेली देस क्रोसियाको राजधानी जाग्रीबमा सम्पन्न भेलाले २१ सदस्यीय केन्द्रिय कमिटी निर्माण गरेको हो ।

लबसङ्ग लामाको अध्यक्षतामा गठन भएको उक्त कमिटिको उपाध्यक्षमा राम कृष्ण शर्मा र सुरेन्द्र पुन मगर,महासचिवमा सुरेन्द्र तामाङ, सचिवमा ऋदिमा रिजाल र राजु थिङ्ग, कोषाध्यक्षमा कृष्ण ढुङ्गाना रहेका छन । सदस्यहरुमा दिपक परियार,मनोज तामङ्ग,सुर्य कुमाल,बिबिक बोम्जन,राज कुमार तामाङ,सयन राई,आदेस पाख्रीन,धनम थोकर,एक ब. थापा,प्रेम तामाङ्ग,देब कुमार गुरुङ्ग र पवन बिक रहेका छन ।

मन्चको प्रथम बैठकले एक जना उपाध्यक्ष मनोनित गर्ने गरि सम्पन्न भेलाले मन्चको मुख्य संरक्षकमा दावा लामा र सल्लाहकार प्रमुखमा मान सिङ्ग धामीलाई छनोट गरेको छ । कार्यक्रमको प्रमुख अथिती मन्चको युरोप कमिटी सदस्य जसमान दर्नाल (जिवन)ले उदघाटन गरेको उक्त प्रथम भेलाको अध्यक्षता आयोजक कमिटीका संयोजक लबसङ्ग लामाले गरेका थिए ।

सुरेन्द्र पुन मगरले स्वागत मन्तव्य राखेको भेलामा प्रमुख अथिती जसमान दर्नाल (जिवन)ले नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणलाई जनताले आफ्नो प्रत्यभुत हुनेगरि समाजवादी दिशामा राजनीति अगाडि बढ्दै गर्दा पुनरुत्थानवादीहरुले आन्दोलनको उपलब्धिलाई बदनाम गर्ने प्रयत्न गरेकाले सचेत नेपाली समुदायले जुन देशमा बसे पनि परिवर्तनको पक्षमा संगठित आवाज उठाउन पर्ने समय आएको बताएका थिए ।

उक्त प्रथम भेलामा युरोप कमिटी अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष गङा भुसाल, महासचिव धर्मराज खतिवडा, मंच का जर्मनी अध्यक्ष गोबिन्द भण्डारी र नेकपा माओवादी केन्द्रका युरोपेली नेता सागर पोखरेल लगाएतले पठाएको लिखित शुभकामना पत्र पढेर सुनाइएको थियो ।