Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ट्वान्टी २० विश्वकपमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

२२ मंगलबार , जेठ २०८१५ महिना अगाडि

ट्वान्टी २० विश्वकपमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

नेपालले १० वर्षपछि आज आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजको खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी २० विश्वकपमा १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले पछिल्लो पटक ट्वान्टी २० विश्वकप बंगलादेशमा खेलेको थियो । नेपालले उक्त संस्करणको समूह चरणको अन्तिम खेल अफगानिस्तानविरुद्ध खेलेको थियो ।

आजको खेल अमेरिकाको ड्यालसमा नेपाली समयअनुसार राति ९ : १५ बजेदेखि सुरु हुने बताईएको छ । विश्वकपमा नेपालले नेदरल्यान्ड्ससँग पहिलो पटक भिड्न लागेको हो भने नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

आज नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुनु अघि अरु दुई खेल हुनेछ । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् भने उक्त खेल बिहान ६ : १५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै आजको दोस्रो खेलमा समूह ‘बी’ को इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल राति ८ : १५ बजेदेखि सुरु हुने बताईएको छ ।