Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

‘’वाङ्मय सौरभ’’ सार्वजनिकीकरण तथा सुप्रभात काव्य गोष्ठी

२२ मंगलबार , जेठ २०८१५ महिना अगाडि

‘’वाङ्मय सौरभ’’ सार्वजनिकीकरण तथा सुप्रभात काव्य गोष्ठी

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा ‘’वाङ्मय सौरभ’’ सार्वजनिकीकरण तथा सुप्रभात काव्य गोष्ठी सम्पन्न -जयराम बिडारी जेठ १९, काठमाण्डौ नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा अद्वैतमार्गस्थित इजी वे सहकारीको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरि नियमित सुप्रभात काव्य गोष्ठी तथा प्रतिष्ठानको मुखपत्र ‘’वाङ्मय सौरभ’’ सार्वजनिकीकरण एवं रचना वाचन कार्यक्रम सुसम्पन्न गरिएको छ । दील पौडेलको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रमका समिक्षक डा.विनोद मञ्जन,काव्य समालोचक डा.हरीप्रसाद सिलवाल तथा विशेष रचना वाचक विनोदविक्रम के. सी. लगायत पाँच दर्जन साहित्यानुरागीहरुको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा विशेष कविता वाचनका क्रममा कवि विनोदविक्रम के.सी.ले आधा दर्जन कविता सुनाएका थिए ।

शक्ति राष्ट्रको कृडास्थल बनेको ‘प्यालेस्टाईनी खेलौनाहरुप्रति’ सक्षमता गुमाएकाहरुले शक्तिमै रहनका खातिर प्रयुक्त गरिएको औषधिय गूणको ‘शीलाजित’ दुध खान दिने भैंसीलाई भूतको संज्ञा दिनु राम्रो नहुने सन्देशको ‘ भैंसी र आमा’ रुकुम घटनालाई आधार मानि लेखिएको कविता ‘’मृतक प्रेमीको ‘फीरादपत्र’ क्रान्तिचेत र बिद्रोही भावनाको संचारका रुपमा रहेको ‘गिटार बोकी हिंड्ने युवती’ लगायत ‘आज सर बिहिन छ कक्षा’ कवितामा अक्षर चिनेर जीवन नचिन्ने व्यवहारिक शिक्षाका बारेमा ब्यंग्यात्मक रुपमा आगो ओकल्ने कविका रुपमा प्रस्तुत भएका थिए । राष्ट्रीय गान बाट शुरुवात गरिएको सो कार्यक्रमलाई सुशिला शर्माले शार्दुलविक्रिडित छन्दको कविता वाचन पश्चात् साहित्यिक गतिविधि गतिमान भएको थियो । कार्यक्रममा रत्न विरही घिमिरेले विद्रोही चेतले भरिएको कविता ‘लौहवाणी’ शार्दूलविक्रीडित छन्दमा वाचन गरेका थिए । कविले कसरी जीवन र जगतलाई हेर्ने र त्यसमाथि काव्यिक चेत भरेर प्रस्तुत गर्ने जस्ता विषयमा कवि नवीन पल्लवले ‘कविज्यू’ शीर्षकीय कविता वाचन गरेका थिए । ‘हेराई’ शीर्षकीय कविता मार्फत कवि गंगाप्रसाद भेटवालले सकारात्मक सोचको विकास गर्नका लागि अनुरोध गरेका थिए । छटपटाहटमा रुमल्लिएको देशको परिवेशलाई अनुराधा थापाद्वारा ‘म देशको पाले’ शीर्षकीय कविता बाचन गरिएको थियो । देशको समसामयिक घटना र परिवेशमा, देशप्रेमले ओतप्रोत छातीमा देश दुख्दैन भने मलाई मृत्युदण्डको घोषणा गर भन्दै कवि रुबि सत्यालले विमोचित वाङ्मय सौरभमा प्रकाशित ‘देश दुख्छ’ कविता वाचन गरेकी थिइन् । भने वीर रश प्रधान कविता ‘म स्पात हुँ’ शीर्षकीय वाचन गरेर कवि रेणुका भट्टराईले माहौल तताएकी थिइन् ।

यसैगरी शुभकामना मन्तव्यका क्रममा महेश प्रसाईंले कविता खेलाँचीको विषय होइन,यो साधनाको दस्तावेज हो भन्दै संख्यात्मक भन्दा पनि गुणात्मक कविता लेख्नु आजको आवश्यकता रहेको बताउँदै ‘फरक’ शीर्षकीय कविता समेत सुनाएका थिए । सो अवसरमा विश्व सिग्देलद्वारा ‘म बा बन्दै गइरहेको छु’ ‘अर्थ बुझें’शीर्षकीय कविता पूनम वमद्वारा वाचन गरिएका थिए । भने राधा दुलाल कार्कीद्वारा ब्यङ्ग्य मिश्रित ‘सिर्जना’ शीर्षकीय कविता वाचन गरिएको थियो । त्यसैगरी शेखर अर्यालद्वारा देशको शासक र लामखुट्टेको समानता लाई प्रस्तुत गर्दै ‘प्रिय लामखुट्टे’ शीर्षकीय ब्यङ्गात्मक कविता प्रस्तुत गरेका थिए । भूवन शिवाकोटी चौघरेद्वारा सुमधुर आवाजमा गीत,टिएन भट्ट ‘विश्वामित्र’द्वारा ‘दोवाटोमा’ कविता नमूना शर्माले गणतन्त्र बाँदरको हातमाा नरिवल नबनोस् भन्दै समानताको प्रतीक स्वरुप ‘पर्ख पर्ख’ गीत प्रस्तुत गरेकी थिइन् । समस्या मात्रै देखाएर समाधान नदिने प्रवृत्तिमा सर्जक सचेत रहनुपर्ने भन्दै ‘मलाइ प्रश्न भन्दा उत्तर ठीक लाग्छ’ शीर्षकीय कविता अमरद्वीप सुनुवारले वाचन गरेका थिए । उक्त कार्यक्रममा प्रतिष्ठानका सचिव माधव घिमिरे ‘अटलले’ अभ्यागतहरुलाई स्वागत गरेका थिए । सो अवसरमा नागार्जुन वाङ्मय प्रतिष्ठानको मुखपत्रका रुपमा ‘वाङ्मय सौरभ’ विमोचन समेत गरिएको थियो । उक्त समारोहमा बताइएनुसार समीक्षाा जस्तो गहन जिम्मेवारीलाई पुस्तक प्राप्त गरेको छोटो समयमै विनोद मञ्जनद्वारा समग्रमा प्रत्येक शीर्षकीय लेखको रौं चीरा समीक्षा गरिएको थियो । सोही अवसरमा दाहाल यज्ञनिधि पत्नी सुधा दाहालद्वारा शुभकामना मन्तव्य दिंदै दाहाल यज्ञनीधिले सदैव नयाँ पुस्तालाई प्रोत्साहित गर्ने गरेकाले तत्कालिन नयाँ पुस्ता वर्तमानका सशक्त स्रष्टाका रुपमा क्रियाशील रहेको देखेर खुशी लागेको बताउँदै नयाँ पुस्तालाई सदैव प्रोत्साहित गर्नुपर्ने अवधारणा राख्दै दाहाल यज्ञनिधि साहित्य सुधा सदनका बारेमा बोलेकी थिइन । वाचन गरिएका रचनाहरुको समीक्षा गर्ने क्रममा डा.हरिप्रसाद सिलवालद्वारा एक विशेष रचना वाचक कवि सहित सोह्र अन्य कविहरुका रचनाहरुको सन्तुलित अनि सुललित भाव,मानवीय समबेदना,प्रेमील अभिव्यक्ति,समसामयिक विषयवस्तु, वर्ग चेत, यथार्थपरक प्रस्तुति रहेको भन्दै सुन्दर समिक्षा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रईले कविता दर्शन होइन विचार हो भन्दै कविको वृहद् सिर्जना र सुन्दर कल्पनालाई एउटा समिक्षकको विचारले बाँध्न नहुने बताए । एउटा कविलाई स्वतंत्र रुपमा पाठकको बीच पस्किनु जरुरी छ भन्दै सुप्रभात काव्य गोष्ठी मात्र नभई समग्र नेपाली साहित्यको क्षेत्रमा दाहाल यज्ञनिधिको योगदान बिर्सन नसकिने उल्लेख गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानलाई साझा थलोका रुपमा विकाश गर्नका लागि ‘’सवै भाषा सवै ज्ञान, सवैको प्रज्ञा प्रतिष्ठान’’ भन्ने मूल नारा बनाई सोही अनुरुपको कार्ययोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि भूपाल राईलाई मायाको चिनो सहित २०६६ मा रत्नराज्य लक्ष्मी क्यापसको एमए नेपाली विषयको लागि सो प्रतिष्ठानमार्फत् प्रकाशित हुने नागार्जुन द्वैमासिक पत्रिकामा साहित्यिक योगदानमा सोधपत्र तयार गरेका तेजन दाहाललाई सम्मानित गरिएको थियो । साथै प्रतिष्ठानका आजीवन सदस्यहरु युवराज काफ्ले, दिनविनोद खड्का,माधव घिमिरे ‘अटल’ सहित सुधा दाहाल, विशेष कविता वाचक विनोदविक्रम के.सी, लगायत डा.हरीप्रसाद सिलवाल,थानेश्वर थापा ,रामदेव पाण्डेलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । प्रतिष्ठानका महासचिव युवराज नास्तिकद्वारा कार्यक्रमको सहजीकरण गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

Jayaram Bidari
9841326290