Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रहरीको राम्रो काम, स्यावास्

२२ मंगलबार , जेठ २०८१५ महिना अगाडि

प्रहरीको राम्रो काम, स्यावास्

बंगलादेशका सत्तारूढ दलका सांसद अनवारूल अजिम उपचार गर्न भारत गएका बेलामा कलकत्तामा उनको हत्या गरेर भारत हुँदै नेपालमा लुक्न आएका हत्यारालाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । सांसद अजिमको भारतमा हत्या गरिएको थियो । हत्या आरोपी सिवाम एमडी हुसेन हुन्, उनलाई गिरफ्तार गर्न नेपाल प्रहरीलाई सफलता मिलेको हो । पक्राउ परेका हत्या आरोपीलाई बंगलादेशले सुपुर्दगी गरिदिन पहल गरेको समाचार छ । प्रहरी स्रोतका अनुसार हत्या गरेपछि नेपाल आएर बंगलादेश पुगेका र बंगलादेशबाट पुनः नेपाल आएर लुकेका थिए । नेपाल प्रहरीको क्षमता एकपल्ट पुनः प्रमाणित भएको छ ।
यसअघि विश्वभरि तहल्का मच्चाएका बिकिनी किलर चाल्र्स शोभराजलाई पनि नेपाल प्रहरीले नै पक्राउ गरेर सजाय दिलाएको थियो । नेपाल प्रहरीको क्षमता प्रशंसनीय रहेको छ । तर प्रहरीमाथि हदै नाघेर राजनीतिकरण गर्ने र प्रहरी शक्तिलाई राजनीतिक स्वार्थका लागि दुरूपयोग गर्ने क्रम बढेर जाँदा प्रहरीमाथि अनेक आरोप लाग्ने गरेको छ । प्रहरीको उच्च मनोवल पनि कमजोर पार्ने प्रयत्न भएको छ । राजनीतिले अपराधिकरण बोक्दा त्यसको दुस्प्रभाव सुरक्षामा परेको छ ।