
बंगलादेशका सत्तारूढ दलका सांसद अनवारूल अजिम उपचार गर्न भारत गएका बेलामा कलकत्तामा उनको हत्या गरेर भारत हुँदै नेपालमा लुक्न आएका हत्यारालाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । सांसद अजिमको भारतमा हत्या गरिएको थियो । हत्या आरोपी सिवाम एमडी हुसेन हुन्, उनलाई गिरफ्तार गर्न नेपाल प्रहरीलाई सफलता मिलेको हो । पक्राउ परेका हत्या आरोपीलाई बंगलादेशले सुपुर्दगी गरिदिन पहल गरेको समाचार छ । प्रहरी स्रोतका अनुसार हत्या गरेपछि नेपाल आएर बंगलादेश पुगेका र बंगलादेशबाट पुनः नेपाल आएर लुकेका थिए । नेपाल प्रहरीको क्षमता एकपल्ट पुनः प्रमाणित भएको छ ।
यसअघि विश्वभरि तहल्का मच्चाएका बिकिनी किलर चाल्र्स शोभराजलाई पनि नेपाल प्रहरीले नै पक्राउ गरेर सजाय दिलाएको थियो । नेपाल प्रहरीको क्षमता प्रशंसनीय रहेको छ । तर प्रहरीमाथि हदै नाघेर राजनीतिकरण गर्ने र प्रहरी शक्तिलाई राजनीतिक स्वार्थका लागि दुरूपयोग गर्ने क्रम बढेर जाँदा प्रहरीमाथि अनेक आरोप लाग्ने गरेको छ । प्रहरीको उच्च मनोवल पनि कमजोर पार्ने प्रयत्न भएको छ । राजनीतिले अपराधिकरण बोक्दा त्यसको दुस्प्रभाव सुरक्षामा परेको छ ।


