Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि कान्तिलोकपथ पूर्ण सञ्चालनमा

२१ सोमबार , जेठ २०८१५ महिना अगाडि

आजदेखि कान्तिलोकपथ पूर्ण सञ्चालनमा

कान्तिलोकपथ आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि गत २०८० चैत १ गतेदेखि बन्द रहेको उक्त लोकपथ पुनः वैशाख २१ गतेदेखिसेवा यातायात सेवा बन्द गरिएको थियो ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनका अनुसार सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिईएको छ । वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको हो ।

ललितपुर जिल्लाको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको र काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको बताईएको छ । ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यसवर्ष बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी रहेको छ भने बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै काम बाँकी रहेको छ ।

६७ वर्ष अघि काठमाडौँलाई हेटौँडासँग जोड्न उपयुक्त र छोटो मानिएको यो सडकको निर्माण थालिएको थियो । विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै रहेको छ ।

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सात दोबाटोसम्मको यो सडकको लम्बाइ ९२ किलोमिटर रहेको छ । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने र बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।