Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मनसुन जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने अनुमान

२१ सोमबार , जेठ २०८१५ महिना अगाडि

मनसुन  जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने अनुमान

यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ । मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने भएपनि यसपालिको मनसुन जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने अनुमान गरिएको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको मनसुन जेठ ३१ देखि नेपाल आउने सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जेठ ३१ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिन सक्ने सम्भावना रहेको बताईएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेकाअनुसार नेपालमा मनसुन जुन १३ अर्थात जेठ ३१ आसपास भित्रिने सम्भावना रहेको छ । हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको पनि मौसमविद् लामिछाने जानकारी दिएका छन् ।

महाशाखाका अनुसार नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । तर मनसुन भित्रिने र बाहिरिने समय अवधि केही दिन तलमाथि हुने गरेको पाईएको छ ।