Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हावाहुरीका कारण चितवनको केरा खेतीमा क्षेति

२१ सोमबार , जेठ २०८१५ महिना अगाडि

हावाहुरीका कारण चितवनको केरा खेतीमा क्षेति

केही दिनअघि आएका हावाहुरीका कारण चितवन जिल्लामा लगाईएको केरा खेतीमा ठूलो क्षति पुगेको छ । जिल्लाको २ हजार ५ सय बिघा क्षेत्रफलमा लगाईएको केरा खेतीमा क्षति पुगेको हो ।  

हावाहुरीका कारण खेतीमा ठूलो क्षति पुगेको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले बताएका छन् । घिमिरेकाअनुसार केही दिनदेखिको हावाहुरीका कारण जिल्लामा लगाइएको केरा खेतिमा क्षति पुगेको बताईएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनको भनाई रहेको छ । पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको र फल लाग्ने समयका ४० लाख ८७ हजार ५ सय केरामा क्षति पुगेको बताईएको छ ।

हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघको महासचिव जनक पन्तले बताएका छन् । ७० जना व्यावसायिक किसानको केरा खेति पूर्णरुपमा क्षति भएको र अन्यमा आंशिक क्षति पुगेको संघको महासचिव पन्तले जानकारी दिएका छन् । जसमा ९० प्रतिशत किसानले केराको बिमा गरेको भएपनि १० प्रतिशत किसानले बिमा नगरेको उनको भनाई छ ।

हावाहुरीका कारण केरा खेतीमा क्षेती पुगेका मध्ये बिमा गरेका किसानले केहि राहत पाउने भएपनि बिमा नगरेका किसानले क्षेतिपूर्ति नपाउने हुँदा उनीहरुको पूर्ण क्षति हुनेछ । चितवन जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ ।