
वैदेशिक रोजगार बिमामार्फत चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ५८ करोड १० लाख ६० हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले जनाएको छ । वैदेशिक रोजगार बिमामार्फत चालु आर्थिक वर्षको १० महिनामा उक्त बिमा शुल्क आर्जन गरेको हो ।
त्यस्तै प्राधिकरणका अनुसार बैशाख महिनामा मात्रै कम्पनीहरुले २९ करोड ७१ लाख ७१ हजार रुपैयाँ बिमा शुल्क वैदेशिक रोजगार बिमा जारी भएको बताईएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको ७१ हजार ७३ वटा बिमालेख जारी भएको हालै प्राधिकरणले प्रकाशन गरेको विवरणमा जनाईएको छ ।
हाल वैदेशिक रोजगार बिमाको लागि नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी) नेपाल, आइएमई लाइफ, मेट लाइफ, रिलायवल लाइफ, सुर्याज्योति लाइफ, सन नेपाल लाइफ, सिटीजन लाइफ, प्रभु लाइफ र सानिमा लाइफले काम गदै आएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगार बिमालाई पुलमार्फत सञ्चालन गरिएको र विदेश जाने कामदारलाई अनिवार्यरूपमा म्यादी बिमा लागू गरिएको छ । एक दशक देखिको वैदेशिक रोजगार बीमाको दायित्व ७१ अर्ब २० करोड १० लाख रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।


