Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पहिरोका कारण दमौली–डुम्रे सडक खण्ड अवरुद्ध

२० आइतबार , जेठ २०८१२ बर्ष अगाडि

पहिरोका कारण दमौली–डुम्रे सडक खण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गतको तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गतको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जनाईएको छ । 

शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको सडक राति सञ्चालनमा आए पनि बिहानै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई रहेको छ ।