Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बर्दियामा अत्यधिक गर्मी,विद्यालय थप तीन दिन बन्द

२० आइतबार , जेठ २०८१२ बर्ष अगाडि

बर्दियामा अत्यधिक गर्मी,विद्यालय थप तीन दिन बन्द

अत्यधिक गर्मीका कारण बर्दियाको मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएकोमा जेठ २२ गतेबाट सञ्चालन गर्ने गरि थप तीन दिन विद्यालय बन्द गरिएको हो ।  

नगरपालिकाको नगर शिक्षा समितिको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शाखाका प्रमुख नारायण खनालले बताएका छन् । बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्यमा बाधा नपर्ने गरी पठनपाठन कार्यमात्र बन्द गरिएको बताईएको छ ।

त्यस्तै अत्यधिक गर्मी बढेपछी जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेको र बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले बताएका छन् । यता गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

गर्मीका कारण ‘लू’लाग्ने, झाडापखाला, छालाजन्य रोग लगायतका बिरामी अस्पतालमा बढी आउने गरेको र बालबालिकामा शरीरभर रातो बिबिरा आउने, बिबिरा पाकेर घाउ बन्ने र सङ्क्रमण देखिन थालेको डा. पाण्डेले बताएका छन् ।