Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यार्सा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु

२० आइतबार , जेठ २०८१५ महिना अगाडि

यार्सा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु

मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको छ । दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको थियो । बिरामी एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताईएको छ ।

शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउदै गर्दै छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमै मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिएका छन् ।

लेक लागेर बिरामी परेका मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार जना पुगेको छ ।