Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सशस्त्र प्रहरीद्धारा करोडौं रुपैयाँ बरामद

२० आइतबार , जेठ २०८१५ महिना अगाडि

सशस्त्र प्रहरीद्धारा करोडौं रुपैयाँ बरामद

सशस्त्र प्रहरी बलको एक टोलीले हुन्डिको आशंकामा करोडौं रुपैयाँ बरामद गरेको छ । ससस्त्रको टोलीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको हो ।

सुनसरी जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले उक्त रकम बरामद गरेको बताईएको छ । जेठ १९ गते शनिबार राती घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रकम बरामद गरेको हो ।  

१ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको बताईएको छ । रकमसंगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका-५ बस्ने  ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको थियो ।

सोधपुछमा सो रकमको श्रोत खुलाउन नसकेका र नगद रकम, कार र चालकलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भईरहेको जनाईएको छ ।