Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै

१८ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले कोरोनाविरुद्धको थप खोप ल्याउने तयारि गरेको छ । अहिले नयाँ भेरियन्ट ‘केपी १’‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै कोरोनाविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको हो ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट देखिएसँगै थप खोप ल्याउन लागिएको बताईएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिएका छन् ।

हाल स्वास्थ्य विभागसँग १ लाख मात्र खोप मौज्दात रहेको र ६/६ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएकाले थप खोप ल्याउने लागिएको हो । खोप ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले फाइजरको ‘मनोभ्यालेन्ट’ अनुदानमा उपलब्ध गराउने बताईएको छ ।

कोरोना महामारी पछी अहिले पनि विदेश जाने, ज्येष्ठ नागरिक र दीर्घरोगीले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउने गरेका छन् भने सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।