Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिभिल अस्पतालद्धारा १२८ कर्मचारी माग

१८ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

सिभिल अस्पतालद्धारा १२८ कर्मचारी माग

निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले नवौँदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारीको माग गरेको हो ।

अस्पतालले शुक्रबार एक विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको उल्लेख गरेको छ । 

जसअनुसार अस्पतालले सिनियर रजिस्ट्रार, रजिस्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायकलगायत पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालको विज्ञापनअनुसार इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले आउदो असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभ साइटमार्फत अनलाइन दरखास्त दिन सक्ने बताईएको छ ।