Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालगञ्जको तापक्रम ४४.२ डिग्री

१८ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

नेपालगञ्जको तापक्रम ४४.२ डिग्री

मुलुकभरको तापक्रम बढेसँगै नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रको अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको हो ।

महाशाखाका अनुसार हिँजो साँझ ६ बजेको प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताईएको छ । त्यस्तै धनगढीमा हिँजो दिउसो ४४.१ डिग्री तापक्रम रेकर्ड भएको थियो । यसअघि बैशाखमा भैरहवामा ४३.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

हिँजो विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४०.२ डिग्री तापक्रम रहेको थियो भने पोखरामा ३४ र काठमाडौँमा ३४.४ डिग्री तापक्रम मापन गरिएको थियो । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।  

अहिले कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।