Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रिडी-तम्घास सडक एक महिना बन्द

१८ शुक्रबार , जेठ २०८१५ महिना अगाडि

रिडी-तम्घास सडक एक महिना बन्द

आज जेठ १८ गतेदेखि असार १६ गतेसम्म रिडी-तम्घास सडकखण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्न लागिएकाले आजदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म सडक बन्द हुने जानकारी दिएको छ । सुचानानुसार आजदेखि एक महिना वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।

अहिले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकखण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भईरहेको छ । यसअघि गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आईरहेको बताईएको छ ।

सवारी साधनको चाप बढेको र पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गर्न लागिएको हो । सोही योजनाअन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको छ ।

सडकको समानान्तर इलाइट जेभीले काम गर्दै आएको र सडकमा कटिङ्ग र स्तरोन्नतीको काम गर्न करिब २२ वटा डोजर प्रयोग गरिएको बताईएको छ । साथै, राजमार्गमा ७० प्रतिशत कटिङ्गको काम सकिएको समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताएका छन् ।

१ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा शुरु गरिएको उक्त काम २०७९ साल फागुन २८ गते सम्झौता भएको र २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने छ ।