Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

१७ बिहिबार , जेठ २०८१५ महिना अगाडि

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला जिल्लामा मात्र उत्पादन हुने मार्सी धान रोप्न जुम्लाका किसान ब्यस्त रहेका छन् । जुम्ला जिल्लाको सबै स्थानीय तहका किसानहरु यतिबेला मार्सी धान रोपाइँमा व्यस्त भएका हुन् ।

जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सी धानको रोपाइँ हुने गरेको स्थानीयको भनाई छ । केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

पछिल्लो समय जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको बताईएको छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताएकि छन् । त्यसैगरी जिल्लाका प्रसिद्ध  चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा समेत मार्सी धनको रोपाइँ सकिएको छ ।

पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो तर हाल त्यो प्रचलन हराउँदै गएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाको भनाई छ । 

अध्यक्ष थापाकाअनुसार चन्दननाथमा चढाउन पनि मार्सी धान रोप्ने गरिएको हो । जुम्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको १ हजार २ सय हेक्टरमा मार्सी धान खेती हुँदै आएको छ ।