Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालले वार्मअपको अन्तिम खेल अमेरिकासँग खेल्दै

१७ बिहिबार , जेठ २०८१५ महिना अगाडि

नेपालले वार्मअपको अन्तिम खेल अमेरिकासँग खेल्दै

आज नेपालले टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल अमेरिकासँग खेल्दैछ । आजको खेल राति सवा ९ बजेदेखि अमेरिकाको डालासमा हुँदैछ ।

यसअघि नेपालले क्यानडासँग डालासमै खेलेको पहिलो वार्मअप खेलमा ६३ रनको फराकिलो अन्तरले हार बेहोरेको थियो । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो ।

आज अमेरिकासँगको वार्मअप खेल खेलेसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ । त्यसपछि विश्वकप १ जुनदेखि २९ जुनसम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्ने तयारी रहेको छ । नेपाल लगायत दक्षिण अफ्रिका,नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश एकै समुहमा रहेका छन् ।