Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२५ सहसचिवको जिम्मेवारी हेरफेर १६ सिडिओ फेरिए

१७ बिहिबार , जेठ २०८१५ महिना अगाडि

२५ सहसचिवको जिम्मेवारी हेरफेर १६ सिडिओ फेरिए

गृह मन्त्रालयले २५ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्दै १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)फेरेको छ । गृहमन्त्री स्तरको निर्णयअनुसार सहसचिवको जिम्मेवारी हेरफेर गरि १६ जिल्लाका सिडिओ फेरेको हो ।  

जसअनुसार गृह मन्त्रालयले सुनसरीमा रामचन्द्र तिवारी,बर्दियामा रुद्रादेवी शर्मा,मकवानपुरमा तीर्थराज चिलुवाल,बर्दियामा अरुण पोखरेल,पाँचथरमा विष्णुप्रसाद कोइराला,पश्चिम नवलपरासीमा स्किम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

त्यसैगरी चितवनमा इन्द्रदेव यादव,काभ्रेमा सूर्यप्रसाद सेढाई,इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भूपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपालप्रसाद अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीले सिडिओको जिम्मेवारी दिइएको छ भने कारागार व्यवस्थापन विभागको महानिर्देशकमा जयनारायण आचार्यलाई खटाइएको छ ।