Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साउदीको हायलमा १७औं गणतन्त्र दिवस मनाईयो

१७ बिहिबार , जेठ २०८१५ महिना अगाडि

साउदीको हायलमा १७औं गणतन्त्र दिवस मनाईयो

-युबराज कार्की (शेखर)

नेपाली जनप्रगतिशिल मन्च साउदीको हायल क्षेत्रिय कमिटीले १७औं गणतन्त्र दिवस मनाएको छ । हायल क्षेत्रिय अध्यक्ष एबम केन्द्रीय सचिवालय सदस्य बल्देव मश्राङ्गि मगरको सभापतित्वमा क्षेत्रिय कमिटीले १७औं गणतन्त्र दिवस मनाएको हो ।  

क्षेत्रीय सल्लाहकार तथा केन्द्रिय सदस्य शालिकराम पाण्डेको प्रमुख आतिथ्यमा मनाईएको उक्त गणतन्त्र दिवसमा गोर्खा होटलका संन्चालक लक्षमण श्रेष्ठ बिशेष अतिथि रेहका थिए । उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य नितेस कुँवरले गरेका थिए ।

कार्यक्रममा महान जनयुद्ध, ६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायत न्यायपूर्ण आन्दोलनमा वलिदानि दिएका सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । नितेस कुवंरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रमुख अतिथि शालिकराम पाण्डेले सामाजिक न्याय, सुशासन र समृद्धिको लागि सबै एक हुनुपर्ने बताउदै १७औं गणतन्त्र दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रमको सभापति बलदेव मश्राङ्गी मगरले २४० बर्षको निरङ्कुस राजतन्त्र अन्त्य गरि देशमा गणतन्त्र ल्याईएको तर, यो ब्यबस्थालाइ उल्टाउन धेरै शक्ति लागिपरेकाले यो ब्यबस्था जोगाउन सबै गणतन्त्रवादी सचेत हुनुपर्ने बताए । उनले कार्यक्रम सफल बनाउन लागिपरेका सबैलाई धन्यवाद दिदै गणतन्त्र दिवसको शुभकामना सहित कार्यक्रम समापन गरेका थिए ।