Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जिप दुर्घटनामा चारको मृत्यु

१७ बिहिबार , जेठ २०८१५ महिना अगाडि

जिप दुर्घटनामा चारको मृत्यु

सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराति भे १ च २५६० नम्बरको जिप  सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खस्दा ४ जनाको मृत्यु भएको हो ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप गएराति अन्दाजी ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माले बताएक छन् । उनकाअनुसार दुई जनाको शव बिहानै निकालिएको र भीरमै रहेको दुई जनाको शव निकाल्ने प्रयास भई रहेको छ भने मृतकको सनाखत भइ नसकेको बताईएको छ ।

उक्त दुर्घटनाका दुई जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको र घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८ र २९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट रहेका छन् । उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताईएको छ ।