Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि श्रमाधान रोजगार मेला शुरू

१७ बिहिबार , जेठ २०८१५ महिना अगाडि

आजदेखि श्रमाधान रोजगार मेला शुरू

आजदेखि सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला शुरू हुने भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला शुरू हुन लागेको हो ।

आजदेखि मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान मेला जेठ ३० गतेसम्म सञ्चालन हुने बताईएको छ । आजदेखि शुरू हुने उक्त मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने 
तयारी रहेको छ ।

आजदेखि कोशी प्रदेशको विराटनगरमा शुरू हुने मेला जेठ ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेठ १७ र १८ मा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते हुनेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशको बुटवलमा जेठ२३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते हुनेछ भने सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८गते साथै बागमती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते मेला आयोजना हुने कार्यक्रम रहेको छ ।