Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

साउदीमा १७औं गणतन्त्र दिवस मनाईयो

१६ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

साउदीमा १७औं गणतन्त्र दिवस मनाईयो

-युबराज कार्की (शेखर)

नेपाली जनप्रगतिशिल मन्च साउदी अरबको जुबेल क्षेत्रिय कमिटीले १७औं गणतन्त्र दिवस मनाएको छ । मन्चको क्षेत्रिय अध्यक्ष शिवराज बिकको अध्यक्षतामा भब्यताका साथ १७औं गणतन्त्र दिवस मनाइएको हो ।

उक्त कार्यक्रम ऐतिहासिक जनआन्दोलनलगायतका न्यायपूर्ण आन्दोलनहरुमा बलिदान दिएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण सहित एक मिनेट मौन धारण गर्दै बेपत्ता एवं घाइते योद्धाहरु र सहिद परिवारमा उच्च सम्मान प्रकट गरिएको थियो ।

जुबेल क्षेत्रिय कमिटीले आयोजना गरेको १७औं गणतन्त्र दिवसमा केन्द्रिय उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हरि बुढाथोकीले दिप प्रज्वलन सहित कार्यक्रमको उदघाटन गर्दै गणतन्त्र दिवसको अवसरमा देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय कमिटीको सहकोषध्यक्ष तारा सेन्चुरीले गणतन्त्र दिवसको अवसरमा शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा क्षेत्रिय अध्यक्ष एवं केन्द्रीय सदस्य शिवराज  बिकले शुभकामना मन्तव्य सहित कार्यक्रम भव्यताका साथ् सम्पन्न गर्न खटिएका सम्पूर्णलाई धन्यवाद दिएका थिए ।