Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज गृहमन्त्री लामिछाने बिरुद्धको रिट निवेदन सुनुवाइ नहुने

१६ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

आज गृहमन्त्री लामिछाने बिरुद्धको रिट निवेदन सुनुवाइ नहुने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदनको सुनुवाइ आज नहुने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिटको आज सुनुवाइ नहुने भएको हो ।

आज  उक्त रिटको सुनुवाई गर्न सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नहुने भएको बताईएको छ ।

महान्यायाधिवक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका थिए । अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा लामिछाने भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ ।

यता हिँजो सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिएको छ ।