Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीले चौताराको अत्याधुनिक अस्पतालको उद्घाटन गर्ने

१६ बुधबार , जेठ २०८१५ महिना अगाडि

प्रधानमन्त्रीले चौताराको अत्याधुनिक अस्पतालको उद्घाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्र राष्ट्र चीनको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा निर्मित अत्याधुनिक अस्पतालको उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले आज दिउँसो १ बजे हेलिकोप्टरबाट सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेर अस्पतालको उदघाटन गर्न लागेका हुन् ।  

२०७२ सालको महाभूकम्पमा ध्वस्त अस्पताल चीन सरकारको ६ करोड १० लाख चिनियाँ युआन (आरएमबी) अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । ५० शैयाको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि सम्पूर्ण तयारि पुरा भएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले जानकारी दिएका छन् ।

उक्त नव निर्मित अस्पतालको मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो । साथै, अस्पतालको भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष लगायत सबै तयारी पुरा भएको बताईएको छ ।