Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भट्टेडाँडाको सुख्खा पहिरोमा परि दुई जना घाइते

१५ मंगलबार , जेठ २०८१५ महिना अगाडि

भट्टेडाँडाको सुख्खा पहिरोमा परि दुई जना घाइते

ललितपुरको भट्टेडाँडामा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् । ट्याक्टर र मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका हुन् ।

सुख्खा पहिरोमा परि  ट्याक्टर र मोटरसाइकलका चालक दुवैजना घाइते भएको बताईएको छ । मोटरसाइकल चालक भने गम्भीर घाईते भएको र उनलाई उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्याक्टर चालक भने सामान्य घाइते भएको तर उनीहरुको पहिचान हुन बाँकी रहेको बताईएको छ ।मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स १ त ७३१८ नम्बरको ट्याक्टर चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ५६६१ नम्बरको मोटरसाइकलमाथि सुख्खा पहिरो खसेको थियो ।

आज बिहान पौन १० बजेतिर खसेको सुख्खा पहिरोको कारण बाटो अवरुद्ध भएको र अहिले बाटो खुलाउने प्रयास भइरहेको बताईएको छ ।