Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आर्थिक वर्षको बजेट सार्वजनिक गरिदै

१५ मंगलबार , जेठ २०८१५ महिना अगाडि

आर्थिक वर्षको बजेट सार्वजनिक गरिदै

आज सरकारले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । आज दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने भएका हुन् ।

हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था भए बमोजिम नै बजेट सार्वजनिक गर्न लागिएको हो । सरकारले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको बताईएको छ ।

आजको बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई दिउँसो पाने १ बजे अघि नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।