Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज १७ औँ गणतन्त्र दिवस मनाइदै

१५ मंगलबार , जेठ २०८१५ महिना अगाडि

आज १७ औँ गणतन्त्र दिवस मनाइदै

आज देशभर १७ औँ गणतन्त्र दिवस मनाइदै छ । ‘गणतन्त्र दिवस २०८१’ लाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेर भव्यरूपमा मनाउन लागिएको हो ।

आज १७ औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र स्थापनाका अवसरमा मूल समारोह समितिले औपचारिक रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

सैनिक मञ्च टुँडीखेलको उक्त कार्यक्रम समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख सहित सरकार विशिष्ठ अधिकारीसहित विदेशी नियोगका उच्च अधिकारी सहभागी रहेका छन् । समारोहमा सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहितका कार्यक्रम राखिएका बताईएको छ ।

यसअघिका वर्षहरु झैं यस वर्ष पनि हेलिकोप्टरबाट पुष्प वृष्टिसहितका कार्यक्रम राखिएको समतिले जनाएको छ । समतिका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गर्ने तयारी समेत रहेको छ ।

सरकारले यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।