Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नवलपरासीमा सडक भासिँदा राजमार्ग अवरुद्ध

१५ मंगलबार , जेठ २०८१५ महिना अगाडि

नवलपरासीमा सडक भासिँदा राजमार्ग अवरुद्ध

हिँजो साझदेखि परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । गएराति २ बजे गैंडाकोट-९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार ८ यात्रु हुत्तिएर अर्को बसमा ठोक्किन गई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिएका छन् ।

हाल निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको र अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको पनि प्रहरी नायव उपरीक्षक पौडेलले बताएका छन्  । साथै, सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको बताईएको छ ।