Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

दाङ,रुकुम र सल्यानमा टेलिकमको सेवा अवरुद्ध

१४ सोमबार , जेठ २०८१२ महिना अगाडि

दाङ,रुकुम र सल्यानमा टेलिकमको सेवा अवरुद्ध

दाङ,रुकुम र सल्यानमा प्राविधिक समस्याका कारण  नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको हो ।

टेलिकमको सेवा अवरुद्ध भएपछी नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

नेपाल टेलिकमको लमहीदेखि १३ किलोमिटर टाढा विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको एडीएसएसमा समस्या देखिएको पनि निर्देशक मल्लिकले जानकारी दिएका छन् । उक्त स्थानमा समस्या देखिएपछी बुटवलबाट विशेष प्राविधिक टोली त्यसतर्फ पठाईएको पनि उनले बताएका छन् ।

निर्देशक मल्लिकका अनुसार अन्य सामान्य खालका मर्मत स्थानीय प्राविधिकहरुले नै गर्ने गरेको भएपनि विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरण भएकाले विशेष टोली बुटवलबाटै पठाउनु परेको बताईएको छ ।

अहिले उक्त समस्याको कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित भएको र फोन नलाग्ने समस्या आएपछि टेलिकमका सेवाग्राही मर्कामा परेको निर्देशक मल्लिकको भनाई रहेको छ ।